प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

५१ किलोग्राम अवैध लागूऔषध हेरोइन सहित सात जना विदेशी नागरिक पक्राउ

२०७९-०३-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध लागूऔषध ५१ केजी हेरोइन सहित ७ जना दक्षिण अफ्रिकन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा निरन्तर एक साताको निग्रानीका क्रममा काठमाडौं ठमेल तथा वरपरका होटलबाट पक्राउ परेका उनीहरुलाई बिहीबार सोही ब्यूरोले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।  

पक्राउ पर्नेहरूमा दक्षिण अफ्रिकन नागरिकहरू राहदानी नम्बर ए०९८२४५७० वाहक २९ वर्षीया SIBISI THANDEKILE, राहदानी नम्बर ए०६३७६९८१ बाहक ४६ वर्षीया MURIEL QEDUKWAZI THEMBENI NSAMBA, राहदानी नम्बर ए०५८८५७०२ वाहक ३९ वर्षीया TSHABALALA KHANYISILE YVONNE, राहदानी नम्बर ए०९८२०५२१ वाहक ३६ वर्षीया ROSINAH NONQELE JANTJE, राहदानी नम्बर ए०९८३२६८६ वाहक २९ वर्षीया MAHLAKO MAUREEN MATHIBA, राहदानी नम्बर ए०९२५२१४६ वाहक ३७ वर्षीया MOROESI SUZAN KOFU  र राहदानी नम्बर ए०९१८६०३४ वाहक ३० वर्षीया MARLESE BADENHORST रहेका छन् । 

उनीहरूमध्ये SIBISI THANDEKILE र MURIEL QEDUKWAZI THEMBENI NSAMBA लाई १६ केजी सेतो हेरोइन, TSHABALALA KHANYISILE YVONNE लाई ८ केजी सेतो हेरोइन, ROSINAH NONQELE JANTJE लाई ८ केजी सेतो हेरोइन, MAHLAKO MAUREEN MATHIBA लाई ७ केजी सेतो हेरोइन सहित जेठ ३० गते पक्राउ गरेको हो । साथै MOROESI SUZAN KOFU  लाई ४ केजी सेतो हेरोइन र २ केजी खैरो हेरोइन तथा MARLESE BADENHORST लाई ६ केजी सेतो हेरोइन सहित जेठ ३१ गते पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा रहेका विभिन्न निकाय तथा ईकाईहरूसँग समन्वय गरी काठमाडौं ठमेल तथा वरपरका एरियामा संचालन गरेको एक हप्ता कारवाहीको क्रममा विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरलाइन्सको उडानद्वारा काठमाडौं आएका उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।