प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असर सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा सुरक्षा सम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यावसायिक ज्ञान अभिबृद्धि तथा संस्थागत सहकार्य प्रवर्धन गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । 

अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित सुरक्षाविद् गेजा शर्मा वाग्लेले उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले राखेका जिज्ञासाहरू निरूपण गर्दै नेपाल सरकारले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूलाई अन्तर्राष्ट्रिय अभ्यासहरूको अनुशरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । साथै राष्ट्रको सुरक्षाको लागि तायर गर्ने नीतिहरूमा सबै सुरक्षा निकायको अत्यन्तै महत्वपूर्ण भूमिका हुने विचार उहाँले व्यक्त गर्नुभयो । 

सुरक्षाविद् वाग्लेले भूराजनीतिको अवधारणा र परिभाषा, नेपालको सन्दर्भमा भूराजनीतिको बहस, एसिया र दक्षिण एसियाको भूराजनीतिक तस्बिर, अर्थतन्त्रको प्रक्षेपण, अर्थतन्त्रको दृष्टिले एसिया : तथ्य र तथ्याङ्क, नेपालको भूराजनीतिक दृष्टिले संवेदनशील पक्षहरू, नेपालमा पर्ने भूराजनीतिक असर, निष्कर्ष तथा सुझाव सम्बन्धी प्रस्तुतीकरण समेत गर्नुभएको थियो । 

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले सुरक्षाविद् गेजा शर्मा वाग्लेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले धन्यवाद ज्ञापन व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूमा फलदायी भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।