जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०३-०६
- A
- A-
- A+
मकवानपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।