अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-०७
- A
- A-
- A+
सिरहा, कर्जन्हा नगरपालिका-४ भुल्के बस्ने चाइनिज बाबा भन्ने ७८ वर्षीय रामदियाल राईलाई करिब ७ सय ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।