प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ३६ जना पक्राउ

२०७८-०६-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, २१ असोज

काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८६ हजार ६५ रुपैयाँ, ३३ थान कौडा, ७ बुक तास, २८ थान मोबाईल र १ थान चेक बुक सहित फेला पारी पक्राउ गरेको हो ।

लमजुङ, मध्यनेपाल नगरपालिका-२ सोतीपसल बस्ने धनवीर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय सूर्यलाल पौडेल लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सोतीपसल र ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार १ सय ८० रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने २७ वर्षीया दिप्ती गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७ हजार ६ सय ४५ रुपैयाँ र २ सय ११ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।