प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गायिका दिलमाया विश्वकर्माको मृत्यु प्रकरणमा शंकित एक जना पक्राउ

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, गायिका दिलमाया विश्‍वकर्माको मृत्यु प्रकरणमा शंकित काठमाडौं कागेश्वर मनहरा नगरपालिका गोठाटार बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१ स्याउले घर भएका सूर्य भन्ने ३८ वर्षीय खिल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार डेरा गरी बस्ने सुर्खेत गर्भाकोट नगरपालिका-२ घर तथा बाँके कोहलपुर खजुरा गाउँपालिका-६ सिमलघारी माइतीघर भएकी ३३ वर्षीया दिलमाया आफ्नै डेरामा शनिबार मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाको अनुसन्धानको क्रममा दिलमायासँग प्रेम सम्बन्धमा रहेको भन्ने बुझिन आएका खिल बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान एवम् आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उक्त कार्यालयले जनाएको छ ।




सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।