चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-१६
- A
- A-
- A+
काठमाडौं, चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-९ वतन भई ललितपुर पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
चेक अनादर विगो मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७७ माघ २५ गतेको फैसलाले १ करोड २० लाख रूपैयाँ बिगो र चेक जारी भएको मितिदेखि भरी भराउ मितिसम्म कानुन बमोजिमको व्याज समेत निवेदकलाई भराइ दिन ठहर भई अदालतको सूचना म्यादमा हाजिर नभएकोले जिल्ला अदालत काठमाडौंको २०७९ असार १० गतेको आदेशले २ वर्ष कैद सजाय समेत ठहर भई फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ बालुवाटारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।