जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०६-२२
- A
- A-
- A+
भक्तपुर, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यबिनायक नगरपालिका-९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
असोज १९ गते सोही नगरपालिका-१० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।