जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१८
- A
- A-
- A+
गुल्मी, १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका-६ बस्ने ३५ वर्षीय राजु थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई असार १४ गते दिउँसो थापाले सोही गाउँपालिका किटेनीस्थित गोठमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।