नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०३-२०
- A
- A-
- A+
सर्लाही, चक्रघट्टी गाउँपालिका-३ सुन्दरपुरबाट नियन्त्रित लागूऔषध १ सय एम्पुल नोरफेन, १ सय ६ एम्पुल डाइजेपाम र १ सय एम्पुल फेनारगन सहित कौडेना गाउँपालिका-१ लक्ष्मिपुर बस्ने २६ वर्षीय मुकेश राउतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।