अवैध लागूऔषध सहित पक्राउ
२०७८-०६-२२
- A
- A-
- A+
काठमाडौं, काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई १ हजार ४ सय ४० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बसन्तले आफ्नै घरमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वी चोकबाट करिब ४ केजी १ सय १० ग्राम अवैध लागूऔषध गाँजा सहित तनहुँ बन्दीपुर गाउँपालिका-२ बस्ने २० वर्षीय बिजय गुरुङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।