कटुवा पेस्तोल र गोली सहित पक्राउ
२०७९-०३-२१
- A
- A-
- A+
सर्लाही, हरिवन नगरपालिका-११ स्थित सुनिता किराना पसलबाट १ थान कटुवा पेस्तोल र पेस्तोलको १ राउण्ड गोली सहित पसल सञ्चालक सोही ठाउँ बस्ने ४३ वर्षीय छोटेलाल दासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनको पसल तलासी गर्दा झोलामा लुकाइ राखेको उक्त पेस्तोल र गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।