प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

२०७९-०३-२२

  • A
  • A-
  • A+
Share

पर्वत, कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू बाँके नेपालगञ्ज उपमहानगरपालिका-६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस-९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस-२ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए । 

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको  थियो । सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल-भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।