कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-२७
- A
- A-
- A+
काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका-४ स्थायी ठेगाना भई पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा साबिक पुनरावेदन अदालत पाटन हाल उच्च अदालत पाटनबाट १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरेको हो ।
कृष्ण मिजार समेतका व्यक्तिहरूले २०६४ कात्तिक १९ बेलुकी रबिन्द्र कुमार मल्ललाई काठमाडौं महानगरपालिका-२९ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी मरनासन्न अवस्थामा पुर्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएपछि अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।