अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-३०
- A
- A-
- A+
सिरहा, लाहान नगरपालिका-४ सहनी चोकबाट करिब ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय प्रबिण कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
स.२ प ७१०२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।