ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-०१
- A
- A-
- A+
मोरङ, ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुन्दरहरैचा नगरपालिका-५ का तिखे भन्ने २७ बर्षीय सुरज शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ मंसिर २५ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय भई फरार रहेका उनलाई १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूहबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
शाक्यलाई कैद भुक्तानको लागि जिल्ला कारागार मोरङमा बुझाइएको छ ।