जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
२०७९-०४-०३
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-६ गणतन्त्र चोक डेरा गरी बस्ने खोटाङ चिसापानी घर भएकी ३४ वर्षीया संगिता राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४५ रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।