विभिन्न पटाका सहित १ जना पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
लमजुङ, बेसीशहर नगरपालिका-८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-७ घर भएका ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका पटाका सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बानियाँको किराना पसलमा विष्फोटकजन्य वस्तु विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।