नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०४-०४
- A
- A-
- A+
भोजपुर, हतुवागढी गाउँपालिका-९ गैरीगाँउबाट नियन्त्रित लागूऔषध ३४ ट्याब्लेट ट्रामाडोल, ३४ थान स्पासेन र करिब ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हतुवागढी गाउँपालिका-८ पात्लेपानी बस्ने २५ वर्षीय सुमोत राई र सोही ठाउँ बस्ने ४३ वर्षीय भक्त बहादुर थापा रहेका छन् । धरानबाट आफ्नो घरतर्फ जाँदै गरेका उनीहरूलाई प्रहरी चौकी हसनपुरबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।