प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट दर्ज्यानी चिन्ह सुशोभन

२०७९-०४-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रीस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति हुनुभएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. सुरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिन कुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसी रहनुभएको छ । साथै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, दान बहादुर कार्की, डा.मनोज कुमार केसी, राजन अधिकारी, जिबन कुमार श्रेष्ठ, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक, ओम बहादुर राना, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधब प्रसाद श्रेष्ठ, दिल्ली राज बिष्ट, मनोज कुमार यादब, रेवती ढकाल, दिपेन्द्र घर्ति क्षेत्री (जि.सी.), दिपक रेग्मी, दिलिप सिंह देउवा, बिनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोईराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ्ग, संजिब शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी रहनुभएको छ । 

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताउनुभयो । प्रहरी संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले कामका आधारमा प्रहरी कर्मचारीको मूल्याङ्कन हुने भएकोले संगठनप्रतिको जिम्मेवारी र आफ्नो व्यावसायिक कार्यकौशलतालाई कायम राखी उच्च मनोवलका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । साथै उहाँले पदोन्नति भएका चिकित्सक प्रहरी अधिकृतहरूले विरामीहरूको सेवा र रोगको निदान गर्न थप जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारीले नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोग र विकास अब्बल रहेको बताउँदै पूर्ण रूपमा प्रविधियुक्त प्रहरी बनाउनको लागि अझ धेरै कार्य गर्न बाँकी रहेको बताउनुभयो । साथै उहाँले प्रहरी संगठन आफैँमा गतिशील संगठन भएकोले प्रहरी कर्मचारीहरू पेशागत रूपमा निपूर्ण हुनुपर्ने र वृत्तिविकासले थप उर्जाशील भई संगठनले दिएको जिम्मेवारी उच्च मनोवल तथा पूर्ण ईमान्दारिताका साथ वहन गर्दै संगठनको श्रीवृद्धितर्फ क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ५ ग्राम १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन खैरो धुलो पदार्थ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-१५ बस्ने १९ वर्षीय अर्बिन थारु र सोही ठाउँ बस्ने २२ वर्षीय मन्सुर थारु रहेका छन् । उक्त ठाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  उक्त स्थानबाट भागी फरार रहेका १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-३०

 बर्दिया, अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गुलरिया नगरपालिका -१० बस्ने कधही चमारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको फैसलाले ८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको छ । मोरङ, चोरी मुद्दाका फरार प्रतिवादी रामधुनी नगरपालिका-२ का २८ बर्षीय प्रतिक भनिने उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७८ मंसिर २३ गतेको फैसलाले चोरी मुद्दामा ५ महिना ५ दिन २ दिन कैद र नगद १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनकै गाउँघरबाट पक्राउ गरेको हो ।  दाहाललाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मोरङमा बुझाइएको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई कोठाको विभिन्न ठाँउमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिरहा, औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पार्वतीले आफ्नै घरमा लागूऔषध गाँजा बिक्रीबितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलवार र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा घरको बैकलमा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाहीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अपहरण, शरीर बन्धक गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-२९

पर्सा, अपहरण, शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका-५ ठेगाना भएका २८ वर्षीय उत्तम पटेल र सोही ठाउँ ठेगाना भएका ३० वर्षीय प्रितम पटेल रहेका छन् । राजकुमार ट्युसन पढ्न पर्सा वीरगंज महानगरपालिका-१६ नगवातर्फ साईकल चढी गएकोमा सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगंजमा महानगरपालिका-१६ नगवास्थितमा टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो । थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको खुल्न आएको छ । उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ ।