भरुवा बन्दुक सहित पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
भोजपुर, रामप्रसादराई गाउँपालिका-१ चामबोटेबाट १ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ४६ वर्षीय सुजिल राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई घरायसी विवादमा कोदालो प्रहार गरी घाइते बनाएको र भरुवा बन्दुक निकाली मार्छु भनी धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक र कोदालो सहित पक्राउ गरेको हो । घाइतेको स्थानीय मेडिकल ओख्रेमा उपरचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।