कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०४-०७
- A
- A-
- A+
ताप्लेजुङ, आफ्नै श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बुलाई कुटपिटबाट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका-९ बस्ने ६५ वर्षीय बल बहादुर साँवालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादको कारण बल बहादुरले कुटपिट गर्दा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।