प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

२०७९-०४-०९

  • A
  • A-
  • A+
Share

रुपन्देही, एक युवतीलाई निजि तस्बीरहरू सामाजिक संजाल फेसबुकमा राखिदिने भन्दै ब्ल्याकमेल गरी जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गैडहवा गाउँपालिका-९ घर भएका २१ वर्षीय जगन्नाथ मल्लाह र गैडहवा गाउँपालिका-१ का १७ वर्षीया किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिकास्थित एकान्त ठाउँमा एक युवतीलाई रोई आत्तिएको अबस्थामा शनिबार राति फेला पारेको थियो । ती युवतीलाई सोधपुछ गर्दा ती किशोरले ती युवतीको बिभिन्न फोटाहरु फेसबुकमा राखी भाईरल गरिदिन्छु भन्दै ब्ल्याकमेल गरी शनिबार साँझ भेट्न बोलाई हामीलाई यौन सम्पर्क गर्न देउ अनि बल्ल तिम्रो फोटाहरु फालिदिन्छौ भनी त्रासमा पारी उनीहरूले जबरजस्ती करणीको प्रयास गर्दा युवती भागेर आएको भन्ने खुलेपश्चात घटनामा संलग्न उनीहरूको खोजी गर्ने क्रममा सैनामैना नगरपालिका-७ देउवापारमा फेला दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट युवतीको निजि तस्विर भएको १ थान मोबाइल बरामद भएको छ । 

उनीहरू उपर करणी सम्बन्धी कसुर ( जबरजस्ती करणी उद्योग ) मा म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ  ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०२

उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१२-२५

भक्तपुर, १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी प्रभाग व्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बर्दिया, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-१० करमोहनी बस्ने २१ वर्षीय सुमन प्रसाद कुवरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुमनले ती किशोरीलाई गत माघ १ गते ललाइ फकाइ बिवाह गर्छु भनि प्रलोभनमा पारि जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।