अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-१२
- A
- A-
- A+
अर्घाखाँची, सितगंगा नगरपालिका-८ सुपादेउरालीबाट अवैध लागूऔषध ६० मिलिग्राम ब्राउन सुगर सहित दाङ राप्ती गाउँपालिका-१ बस्ने २२ वर्षीय रोशन श्रेष्ठ समेत ३ जना बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बालुवाङ दाङबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।