प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०४-१७

  • A
  • A-
  • A+
Share

मोरङ, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जहदा गाउँपालिका-३ हातिबन्दा बस्ने २३ वर्षीय सुमन राजवंशीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुमनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-१२-१३

रूपन्देही, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मोरङ, ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ग्रामथान गाउँपालिका-६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धामीले ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-११-२६

ओखलढुंगा, ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका-६ बस्ने ३७ वर्षीय मुगे भन्ने रुद्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  तनहुँ, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेम बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती बालिकालाई ललाई फकाई डरत्रास समेत देखाई सोही ठाउँस्थित जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-११-२४

झापा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-७ बेलानी बस्ने ३० वर्षीय जीवन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जीवनले झापा मेचिनगर नगरपालिका-८ जोरसिमलस्थित कोठामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  पाल्पा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ बस्ने २१ वर्षीय बुद्ध बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पाल्पा तानसेन नगरपालिका-९ दमकडा बेलडाँडास्थित एक घरमा विकले ती किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।