प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

बागलुङ, निसीखोला गाउँपालिका-४ कानाबगर बस्ने २९ वर्षीय लिल बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा घर्ती लगायत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार ४ सय ३० रुपैयाँ, ८ थान मोबाईल र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८०-०६-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ म्हैपी डेरा गरी बस्ने रेनु गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२६ सामाखुसी बस्ने तनहुँ ब्यास नगरपालिका-७ घर भएका ५३ वर्षीय अम्मर गुरुङसमेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार १ सय ५० रुपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-१ लिशा कम्पनीस्थित दुर्गा घलेको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ६७ वर्षीय बिर बहादुर ऐरसमेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ८५ रूपैयाँ र ५ बुक गड्डी ताससहित पक्राउ गरेको   हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८०-०६-०९

काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका  ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-२ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।