अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-२४
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपलिका-२ ट्राफिक चोकबाट १ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश सहित झाङ्ग दुर्गाथली गाउँपालिका-४ बस्ने २७ वर्षीय गणेश प्रसाद जोशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-१ ईमिलियाबाट करिब १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ सहित रुपन्देही सैनामैना नगरपालिका-५ वुद्धनगर बस्ने २७ वर्षीय जनकराम घिमिरेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु.८२ प ३२२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ राप्ती चोकबाट करिब ३ सय ८० मिलिग्राम खैरो हिरोईनजस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २५ वर्षीय सन्तोष पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध बिक्री गर्नको लागि पाण्डे बागमती प्रदेश ०३००५ प २८३३ नम्बरको मोटरसाइकलमा आएको भन्ने विशेष सूचना आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।