भन्सार छलि ल्याउँदै गरेको विभिन्न सामान सहित पक्राउ
२०७९-०४-२४
- A
- A-
- A+
सर्लाही, बलरा नगरपालिका-१ सेढवामा भारतबाट भन्सार छलि ल्याउँदै गरेको एलईडी ३५ थान र हटकेश २८ थान गरी करिब ७ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको सामान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत सितामढी ग्राम पंचायत मनिहारी-१३ बस्ने २१ वर्षीय कबि कुमार बनिया र भारत रामनगरा- १० बस्ने २० वर्षीय सुनिल कुमार साह रहेका छन् । बीआर ३० पीए ३४०८ नम्बरको टेम्पुलाई ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरू फेला पारी टेम्पु चालक कबि कुमार र सुनिल कुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।