अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०४-२४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २० वर्षीय तेज तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.८० प १०३३ नम्बरको मोटरसाइकललाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले झोलामा लुकाई ल्याएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
पर्सा, कालिकामाई गाउँपालिका-१ तिनडुबिया बस्ने ६० वर्षीया गिरजा देवी कुर्मीलाई करिब ३ किलोग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा लुकाईछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । साथै हाल फरार रहेका घरका अन्य सदस्यहरूको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, निजगढ नगरपालिका-८ स्थित जंगलको बाटोबाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित रौतहट परोहा नगरपालिका-१ जिंगडवा टोल बस्ने ७५ वर्षीय गुनैर बैठा धोबीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । रतनपुरबाट निजगढतर्फ आउँदै गरेको प्र.२-०३-००१ ह १०३७ नम्बरको अटोमा सवार गुनैरलाई अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा बेरी पेटमा बाँधी ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । साथै अटो चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।