जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२४
- A
- A-
- A+
काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कालिमाटीमा ग्यारेज/वर्कशप संचालन गरी बस्ने भारत मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँ घर भएका ४७ वर्षीय सकील खानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो । खानले २०७३ फागुन ८ गते ३२ बर्षीया महिलालाई मादक पदार्थ सेवन गराई लठ्ठ पारी ब्यापार ब्यवसाय संचालन गर्ने सामान किन्नका लागि भारत लैजान्छु भन्दै झुक्याई काठमाडौं नयाँबसपार्क जाने भनी ट्याक्सी चढाई काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित ओम सुन्धारा गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।