प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छलि ल्याएको सामान सहित पक्राउ

२०७९-०४-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-१८ नरदेवीमा गैरकानुनी रूपमा भन्सार छलि ल्याएको १ हजार ९ सय ६ थान छालाको पेटी र ५ हजार २ सय ९४ थान छालाको पर्स सहित काठमाडौं ठँहिटी बस्ने सप्तरी राजविराज नगरपालिका-४ घर भएका ४२ वर्षीय गणेश भगतलाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा भन्सार छलिको सामानहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उक्त छालाको पेटी र पर्स सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौंचर काठमाडौं  पठाइएको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-१०

मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४ मिलिग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने ३१ वर्षीय आकाश धिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ मुक्ति चोक बस्ने २१ वर्षीय अनी मगर र २० वर्षीय आनिहान लिम्बुलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५ सय ग्राम, ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रूपैयाँसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । झापा, अर्जुनधारा नगरपालिका-५ पानीकलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० ग्राम ८ सय २० मिलिग्रामसहित कनकाइ नगरपालिका-८ बाँङगेडागी बस्ने ३१ वर्षीय रविन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरी टोलीलाई देख्नासाथ फरार भएका सोही नगरपालिका-४ बस्ने २७ वर्षीय बिमल राईको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी झापा, दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर नम्बर सि २ हट नम्बर ९९ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ आपझोला ठेगाना भएका ३३ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय मिलिग्राम र नगद १५ हजार ४ सय ५० रूपैयाँसहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल बेस क्याम्प बेलडागीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०१-१०

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ मन्दिर लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम, मोबाइल ९ थान, एकसय एमएलको कोरेक्स ३ बोतल र नाइट्राभेट ६५ ट्याब्लेटसहित ३ जनालाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का, २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय रन्जित लिम्बु रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८१-०१-०९

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने २७ वर्षीय मन बहादुर राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।महोत्तरी, मनराशिस्वा गाउँपालिका-४ जाउकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोही गाउँपालिका बस्ने ६५ वर्षीया सरस्वती देवी मण्डललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको प्रहरीले मनराबाट जाउकतर्फ जाँदै गरेकी उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।तनहुँ, आबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित नुवाकोट ककनी गाउँपालिका-६ घर बताउने २७ वर्षीय ईन्द्र लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १५१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८१-०१-०७

झापा, मेचिनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्रामसहित बुद्दशान्ती गाउँपालिका-१ बस्ने २३ वर्षीय रत्न बहादुर राइलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, मेचिनगर नगरपालिका-१३ चारआली ईलाम रोडस्थित हिमालयन क्याविन वाईट्स होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचिनगर नगरपालिका-१२ बस्ने २२ वर्षीय नेत्र बहादुर राई र अर्जुनधारा नगरपालिका-१० बस्ने २२ वर्षीय बिशाल लिम्बु रहेका छन् । उक्त होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले होटलको क्याविनबाट दुवै जनालाई ५/५ सय मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने २४ वर्षीय बिक्रम राजवंशीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ८ सय ५० मिलिग्रामसहित मोरङ केराबारी गाउँपालिका-१० केराबारी बस्ने ३७ वर्षीय राजु मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटीएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३६ प ५९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मगरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-१३ सिम्री बस्ने १९ वर्षीय सोम बहादुर नेपालीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ १ ग्राम ५ सय मिलिग्रामसहित भारत बिहार राज्य पुर्वी चम्पारण मोतिहारी बस्ने २४ वर्षीय हैदर अलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अलीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०१-०६

काठमाडौं,  सुनसरी, धरान उपमहानगरपालिका-२० स्थित कार्कीछाप जंगलबाट अवैध लागूऔषध गाँजा १ सय ८५ किलो, तरवार ३ थान र स्टिलको पाईप १ थानसहित सोही उपमहानगरपालिका-११ बिष्णु चोक बस्ने २५ वर्षीय नकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  कास्की, अन्नपूर्ण गाउँपालिका-१ मट्यु बस्ने ३४ वर्षीय नविन थकालीलाई अवैध लागूऔषध नुन मोलेको गाँजा करिब ४ किलोसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनलाई उनकै घरमा लुकाइछिपाई राखेको उक्त गाँजासहित पक्राउ गरेको हो ।   काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ५१ एम्पुल नफुटेको तथा १ सय १४  एम्पुल फुटेको, बुर्फेनोफिन ६ सय ८५ एम्पुल नफुटेको तथा ५५ एम्पुल फुटेको, डाइजेपाम ८ सय ४२ एम्पुल नफुटेको तथा १ सय ४८ एम्पुल फुटेको र नाईट्राभेट ३ हजार ३ सय ८ ट्याबलेटसहित सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखियालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख १५६० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार मुखियालाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सर्लाही बरहथबा नगरपालिका-११ घर भई काठमाडौं बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारीको समेत संलग्नता रहेको भन्ने खुल्न आएपश्चात् प्रहरीले उनलाई पनि पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।