मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ
२०७९-०४-२६
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु बस्ने एक जना किशोरीको मोबाईल चोरी गरी भाग्दै गरेको अवस्थामा काभ्रेपलाञ्चोक घर बताउने ४१ वर्षीय दिनेश थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित हाल नम्बर नखुलेको बसमा ती किशोरीको मोबाइल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नयाँ बसपार्कमा फेला पारी नियन्त्रणमा लिएको हो ।
उक्त मोबाइल सम्बन्धित किशोरीलाई बुझाइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।