प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०७८-०६-२७

  • A
  • A-
  • A+
Share

नवलपरासी(पूर्व), 

विनयी त्रिवेणी गाउँपालिका-३ देउराली टाँडी बस्ने ५४ वर्षीय बेद प्रसाद सुनारको कुखुरा फार्ममा तास खेलिरहेको अवस्थामा सुनार लगायत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त फार्ममा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-१२-२७

कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने शंकर राज भेटुवालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने गोरखा, गोरखा नगरपालिका-२ घर भएका २५ वर्षीय उत्सव बिश्‍व समेत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।