नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-०७-०१
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ८ एम्पुल ऐभिल, ८ एम्पुल लुपिजेसिक, ६ एम्पुल फेनारगन र ६ एम्पुल डाइजेल्याब सहित सुनसरी ईटहरी उपमहानगरपालिका-१० बस्ने २१ वर्षीय बिरेन खवासलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।