प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

  मकवानपुर, मनहरी गाउँपालिका-६ लोथरबाट अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु करिब १ किलो ८ सय ग्राम सहित राक्सिराङ गाउँपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ पुन्यक्षेत्रबाट अवैध लागूऔषध करिब ८० किलोग्राम गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.८ ख २५४२ नम्बरको गाडी चेकजाँच गर्न खोज्दा प्रहरीलाई देखी चालक गाडी छोडेर फरार भएपछि गाडीमा रहेको उक्त गाँजा प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा ३२ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् । हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङ, रंगेली नगरपालिका-७ निचामारी पुलबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका-४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को.३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, राप्ती नगरपालिका-५ भण्डारा चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय किलोग्राम बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ युपी ७८ बीटी ८५७० भारतीय नम्बरप्लेटको ट्रक सोही ठाउँमा छोडेर चालक फरार भएपछि उक्त गाँजा प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-५ का ३० वर्षीय घनश्याम लाखे र  ईलाम माङ्सेबुङ गाउँपालिका-२ बस्ने २३ वर्षीय मनोज अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, दुहबी नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ केजी सहित ईटहरी उपमहनगरपालिका-११ बस्ने ३७ वर्षीय महमद हजरत अली समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र सिआरभी दुहबीबाट खटिएको संयुक्त टोलीले ईटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह ३०४४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक अली समेत ३ जनालाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, काठमाडौं महानगरपालिका- १४ टेकुस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ हजार २ सय एम्पुल, डाईजेपाम २ हजार २ सय एम्पुल र फेनारगन २ हजार २ सय एम्पुल सहित सर्लाही हरिवन नगरपालिका-८ स्थायी ठेगाना भएका ३९ वर्षीय कैलाश बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ना.१ ज ५५२४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी गाडी चालक कैलाशलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्राम ५ मिलिग्राम र १ थान डिजिटल तराजु सहित सिन्धुली कमलामाई नगरपालिका-११ का ३२ वर्षीय बिमल चौहानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सडक किनारबाट अवैध लागौषध खैरो हेरोइन २ ग्राम र नगद १ लाख ६७ हजार ५ सय रुपैयाँ सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-४ का ३५ वर्षीय मनोज थापा मगर र ३३  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मनोजको साथबाट २ ग्राम र राम कुमारको साथबाट उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राम कुमारको काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थितमा रहेको कोठाबाट थप खैरो हेरोइन २५ ग्राम र डिजिटल तराजु १ थान बरामद गरेको हो । साथै उनीहरूलाई उक्त लागूऔषध खैरो हेरोईन बिक्री गर्ने सिरहा गोलबजार नगरपालिकाका ३५ वर्षीय सिकेन्द्र साफीलाई बुद्द एयरको उडानद्दारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंको आन्तरिक टर्मिनल कक्षतर्फको ट्याक्सी पार्किङबाट अवैध लागूऔषध खैरो हेरोईन ५० ग्राम सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय अमन अछामे र २२ वर्षीय संजिव बिक रहेका छन् । लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।