प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न हातहतियार सहित पक्राउ

२०७९-०६-०६

  • A
  • A-
  • A+
Share

जाजरकोट, कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने मोहित भन्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई १ थान ग्रिनेट, १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईन्द्र बहादुर समेत भएको कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले नलगाड नगरपालिका-५ ऐरारीमा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८१-०५-१३

धनकुटा, चौबिसे गाउँपालिका-५ बैकुण्ठे बस्ने ४५ वर्षीय प्रेम बहादुर जोगीलाई भरूवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थान सहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरले आफ्नो घरमा गई  भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।