मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०६-०६
- A
- A-
- A+
दैलेख, गुराँस गाउँपालिका-१ पातल खोला बस्ने भुपेन्द्र बहादुर रामजाली र सोही ठाउँ बस्ने सेते बिकको घरमा राखिएको मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २० वर्षीय बिनोद शाही, सोही ठाउँ बस्ने २० वर्षीय रितिक शाही, सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका-४ बस्ने १६ वर्षीय किशोर रहेका छन् । भुपेन्द्र बहादुरको घरको बरण्डामा राखेको लु.८० प २०१८ नम्बरको मोटरसाइकल र सेतेको घरभित्र कोलियामा राखिएको क.प्र.०२-००१ प २०९ नम्बरको मोटरसाइकलको ह्यान्डिल लक तोडी तारहरु काटी डाईरेक्ट जडान गरि चोरी गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तल्लो ढुङ्गेश्वरबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न बिनोदलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा मोटरसाइकल चोरीमा संलग्न अन्य व्यक्ति फरार भएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्ने क्रममा रितिकलाई पैदल हिँडिरहेको अवस्थामा तथा किशोर र दिनेशलाई भे.४ प ८५८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।