लुटपाट गरेको अभियोगमा पक्राउ
२०७९-०६-०९
- A
- A-
- A+
ईलाम, माई नगरपालिका-४ कामिटार बस्ने ८० वर्षीया वृद्धा महिलाको सुनको मारबाडी २ थान र नाकको बुलाकी १ थान र नगद ४४ हजार ३ सय १३ रुपैयाँ लुटपाट गरेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा मेचिनगर नगरपालिका-३ बस्ने २५ वर्षीय कुमार मगर, सोही ठाउँ बस्ने ३१ वर्षीय मनोराज राई र देउमाई नगरपालिका-७ बस्ने ३४ वर्षीय सन्तोष मगर रहेका छन् । ती वृद्धालाई बाँधी कानमा लगाएको उक्त सुन र नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लोदिया दानाबारीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरूलाई लुटपाट भएको उक्त सुन र नगद सहित सोही नगरपालिका-४ दाहालटार सुखानी सामुदायिक वनबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।