प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

 भक्तपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप उमाकुण्ड गाउँपालिका-३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट तल्लो हाईट बस्ने ३९ वर्षीय जयन्त थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

थापाले ती किशोरीलाई गत भदौ २१ गते दिउँसो आफ्नै घर कोठामा जबरजस्ती करणी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।