प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अर्काको नाममा ट्रायल परीक्षा दिन लागेको अवस्थामा पक्राउ

२०७९-०६-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिको नाममा ट्रायल परीक्षा दिन लागेका उनलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।