अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-१५
- A
- A-
- A+
डोटी, दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारबाट करिब ३ ग्राम ८३ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित बडिकेदार गाउँपालिका-१ बस्ने २९ वर्षीय खडक बहादुर कलेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले सु.प.प्र.०१००१ ख २८२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बसका चालक कलेललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।