अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-०३
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ ढाटबाट ९८ चक्की नियन्त्रित लागूऔषध नाइट्रोसन सहित सुनसरी धरान उपमहानगरपालिका-१० बस्ने २२ वर्षीय मुमिन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१ बस्ने ५० वर्षीय राधेश्याम रैदास सहित ३ जनालाई ९ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ र ७ क्याप्सुल नियन्त्रित लागूऔषध स्पास्मो सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा पलाष्टिकमा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।