जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०७९-०६-२२
- A
- A-
- A+
दाङ, दंगिशरण गाउँपालिका-५ डाँडा चिसस्थित २२ वर्षीय देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा देवराज गिरी समेत १५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख २८ हजार ३ सय ४० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।