हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०६-२३
- A
- A-
- A+
रुपन्देही, तिलोत्तमा नगरपालिका-१३ बभनी बस्ने ५३ वर्षीय भिम बहादुर खड्काको हत्या गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-९ मिश्रौलीया बस्ने ३५ वर्षीय केश बहादुर क्षेत्री खडकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका-९ मिश्रौलियास्थित आफ्नै साली नाता पर्ने पुनम क्षेत्रीको घरमा आएका भिम बहादुर र साढु भाई नाता पर्ने केश बहादुरबिच विवाद भई केश बहादुरले १ तला माथि छतबाट धकेल्दा गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।