एक नाले भरुवा बन्दुक सहित पक्राउ
२०७९-०६-२५
- A
- A-
- A+
पर्वत, पैयुँ गाउँपालिका-६ साधने बस्ने २१ वर्षीय बम क्षेत्रीलाई अवैध एक नाले भरुवा बन्दुक १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरीले उनकै घर कोठाबाट लुकाई राखिएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।