जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०६-२५
- A
- A-
- A+
भक्तपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका ३५ वर्षीय राम बहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित बालिकाकै कोठमा सुनारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।