प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग रकम माग्ने व्यक्ति पक्राउ
२०७९-०६-२६
- A
- A-
- A+
मोरङ, प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका-२ बस्ने २९ वर्षीय रविन घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही महानगरपालिका-१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।