अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-२६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध हेरोईन जस्तो देखिने गिलो पदार्थ ११ ग्राम ५ मिलिग्राम सहित कीर्तिपुर नगरपालिका-५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौं आउँदै गरेको ना.४५ प ९४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नापितले चुरोटको बट्टाभित्र लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । नापितले नागढुङ्गाको चेकिङ छल्नको लागि चन्द्रागिरी नगरपालिका-२ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागी सवार रहेको खुल्न आएको छ ।
धनकुटा, धनकुटा नगरपालिका-९ चिम्सुवाबाट अवैध लागूऔषध गाँजा १० किलो सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सहिदभूमि गाउँपालिका-३ बस्ने ४९ वर्षीया बिष्णु कुमारी राई र सोही ठाउँ बस्ने ४३ वर्षीय उद्धिम भन्ने उमेश राई रहेका छन् । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले बोकेको झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।