बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०६-२६
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-११ गोंगबु भण्डारी टोल बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, ५ लाख ५० हजार रूपैयाँ जरिवाना र २२ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका-११ गौगबु भण्डारी टोलमा फेला पारी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।