प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन सम्बोधन

२०७९-०६-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार बिहान निर्देशन दिनुभएको छ । साथै उहाँले साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन समेत गर्नुभएको छ । 

निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो ईलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउनुपर्ने बताउनुभयो । निर्वाचनको सुरक्षा संवेदनशिल विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभयो । काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरू प्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने बताउँदै संगठन र विभागिय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो । साथै उहाँले प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा परी गर्न सक्ने नाजायज कार्य क्षम्य नहुने र कठोर कारवाही गरिने बताउनुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रबिन्द्र बहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई दिनुभएको निर्देशनलाई अक्षरस पालना गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र कमी कमजोरीलाई सुधार गर्दै बोली, वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र मातहत समेतमा आवश्यक निर्देशन दिइने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरिक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१६

बैतडी, दोगडाकेदार गाउँपालिका-७ खोचलेक बजार बस्ने ५० वर्षीय वीर सिंह कार्कीलाई अवैध लागूऔषध चरेश १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कार्कीले संचालन गरेको किराना पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित भारत घर भएका २५ वर्षीय दिलसाद रहमान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले डब्लुबि ७४ बि ए ६७७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४९ एम्पुल, नुर्फिन १ सय ४६ एम्पुल र फेनारगन १ सय ५० एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय सञ्जु राई समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बसपार्कस्थित पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा वेवारिसे अवस्थामा रहेको २ वटा झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१६

तेह्रथुम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ललितपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ
२०७९-१०-१६

पर्सा, मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दिपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशिल कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् । सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९  बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।